कपिलवस्तुका अजय पाण्डेको शानदार प्रदर्शन : खुल्ला पुरुष दौड प्रतियोगितामा प्रथम स्थान

कपिलवस्तु । नेपाल खेलकुद महासंघ ललितपुर जिल्ला कमिटीद्वारा आयोजित खुल्ला पुरुष दौड प्रतियोगितामा कपिलवस्तुका अजय पाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्।

प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै बाणगंगा नगरपालिका वडा नम्बर ९, कपिलवस्तुका पाण्डेले दौडको पहिलो स्थान आफ्नो पोल्टामा पारेका हुन्। उनको अनुशासन, मेहनत र खेलप्रतिको समर्पणले नै यो उपलब्धिमा पुर्‍याएको आयोजकले बताएका छन्।

दौड प्रतियोगिता ललितपुरमा आयोजना गरिएको थियो, जसमा विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

नेपाल खेलकुद महासंघ ललितपुर जिल्ला कमिटीले यस्ता कार्यक्रमहरू मार्फत युवाहरूमा खेलप्रतिको आकर्षण बढाउने र राष्ट्रका लागि प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रतियोगितामा विजेता बनेका अजय पाण्डेलाई आयोजक समितिद्वारा प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कारद्वारा सम्मानित गरिएको थियो।

खेलकुद क्षेत्रमा अजय पाण्डेको यो सफलता आगामी दिनहरूमा थप प्रेरणादायक बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया