

कपिलवस्तुका अजय पाण्डेको शानदार प्रदर्शन : खुल्ला पुरुष दौड प्रतियोगितामा प्रथम स्थान

कपिलवस्तु । नेपाल खेलकुद महासंघ ललितपुर जिल्ला कमिटीद्वारा आयोजित खुल्ला पुरुष दौड प्रतियोगितामा कपिलवस्तुका अजय पाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्।
प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै बाणगंगा नगरपालिका वडा नम्बर ९, कपिलवस्तुका पाण्डेले दौडको पहिलो स्थान आफ्नो पोल्टामा पारेका हुन्। उनको अनुशासन, मेहनत र खेलप्रतिको समर्पणले नै यो उपलब्धिमा पुर्याएको आयोजकले बताएका छन्।
दौड प्रतियोगिता ललितपुरमा आयोजना गरिएको थियो, जसमा विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
नेपाल खेलकुद महासंघ ललितपुर जिल्ला कमिटीले यस्ता कार्यक्रमहरू मार्फत युवाहरूमा खेलप्रतिको आकर्षण बढाउने र राष्ट्रका लागि प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ।
प्रतियोगितामा विजेता बनेका अजय पाण्डेलाई आयोजक समितिद्वारा प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कारद्वारा सम्मानित गरिएको थियो।
खेलकुद क्षेत्रमा अजय पाण्डेको यो सफलता आगामी दिनहरूमा थप प्रेरणादायक बन्ने अपेक्षा गरिएको छ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया