

देशभरका प्रतिस्पर्धीलाई पछि पार्दै बाणगंगा ९ का अजय पाण्डेको “स्वर्ण जित”


राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–९ का युवा म्याराथन धावक अजय पाण्डेले हालै काठमाडौंमा सम्पन्न “वन रन कम्पिटिसन” मा ५ किलोमिटर दौडतर्फ स्वर्ण पदक जितेका छन्। लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका पाण्डेले देशभरबाट तीन सयभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन्।
प्रतियोगिता ‘विश्व एकताका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको थियो, जसमा विभिन्न विधाका म्याराथन धावकहरूको सहभागिता रहेको थियो। अजय पाण्डेले यसअघि पनि थुप्रै राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न पदकहरू हात पारेका छन्।
उनले साझाकुरा सँग भने, “यो सफलताले मलाई अझ आत्मविश्वासी बनाएको छ र मेरो खेल जीवनलाई अझ मजबुत बनाएको महसुस गरेको छु।”
खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम चम्काउने सपना बोकेका पाण्डे जस्ता धावकहरूका लागि यस्तो सफलता प्रेरणाको स्रोत बन्ने निश्चित छ। स्थानिय स्तरबाट हुर्किएको प्रतिभाले राष्ट्रिय स्तरमा हात पार्ने सफलता कपिलवस्तु, लुम्बिनी मात्र नभई सम्पूर्ण देशकै लागि गर्वको विषय बनेको छ।



खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया