

बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ



कपिलवस्तु, । कपिलवस्तुको बाणगंगामा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट २ लाख २० हजार ६९० रुपैयाँ नगद र १५ थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले बताउनु भयो ।
बाणगंगा नगरपालिका–६ बनकसियास्थित जनप्रिय बालुवा प्रशोधन उद्योगको भवनमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले बिहीबार राति छापा मारेको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले राति ११ः३० बजे छापा मार्दा उनीहरू तास खेलिरहेको अवस्थामा फेला परेका हुन् ।
प्रहरीले घटनास्थलबाट २ लाख २० हजार ६९० रुपैयाँ नगद, ६ बुक तास र १५ थान मोबाइल बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–६ का ४० वर्षीय ज्ञानु चौधरी, वडा नं। २ का ३६ वर्षीय शंकर अर्याल, कपिलवस्तु नगरपालिका–९ का ४१ वर्षीय अमृत पौडेल, बाणगंगा–५ का ३३ वर्षीय जीवन विश्वकर्मा र वडा नं। ६ का ३१ वर्षीय चेतप्रसाद अर्याल रहेका छन् ।
त्यस्तै बाणगंगा–८ का २२ वर्षीय अमित आचार्य, ३१ वर्षीय गणेश विक, वडा नं। ११ का २८ वर्षीय ईरफान अली, कपिलवस्तु नगरपालिका–९ का ३१ वर्षीय मोहन सुनार, बाणगंगा–८ का ३६ वर्षीय हिमाल पौडेल र वडा नं। ६ का २८ वर्षीय राजेश घर्ती पनि पक्राउ परेका छन् । पक्राउ परेका ११ जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरामा बुझाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित







प्रतिक्रिया