मायादेवी गाउँपालिका वडा नम्बर ३ मा २०८२ को भित्ते पात्रो विमोचन

कपिलवस्तु | कपिलवस्तुको मायादेवी गाउँपालिका अन्तर्गत वडा नम्बर ३ ले २०८२ सालको वार्षिक भित्ते पात्रो (क्यालेन्डर) एक विशेष समारोहबीच विमोचन गरेको छ। बिहीबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष शैलेन्द्रकुमार यादवले भित्ते पात्रो सार्वजनिक गरेका हुन्।

कार्यक्रममा वडा सदस्यहरू, स्थानिय विद्यालयका प्रतिनिधिहरू, समाजसेवीहरू र वडावासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नयाँ भित्ते पात्रो सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै वडाका प्रत्येक नागरिकलाई वडा कार्यालयमा सम्पर्क गरी भित्तेपात्रो लिन आग्रह गरे।

“यो भित्ते पात्रोले हाम्रो वडाको गतिविधि, महत्त्वपूर्ण मिति तथा जानकारीहरू समेटेको छ,” अध्यक्ष यादवले बताए, “यसले वडाको सूचनालाई सर्वसाधारणसम्म पु¥याउन सघाउने छ।”

वडाले सम्पूर्ण विद्यालयहरू, समाजसेवी संस्था तथा वडावासीहरूलाई वडा कार्यालयमा आएर भित्ते पात्रो बुझ्न सूचित गरेको छ। कार्यक्रम सफल रूपमा सम्पन्न भएको वडा कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

खबर सबै