

आज हल्का वर्षा र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना, तत्काल अन्नबाली नकाट्न र काटेको भए भित्र्याउन आग्रह





स्थानीय वायुको प्रभाव रहेकाले आज धेरै ठाउँको मौसम बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा बिहानपख हल्का वर्षा भएको छ ।
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज हल्का वर्षाको सम्भावना छ । दिउँसो मधेश प्रदेशबाहेक अरु सबै प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुइ ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
प्रि–मनसुनको समय भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
भोलिदेखि पानी पार्ने नयाँ प्रणाली भित्रिन सक्ने सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले भोलि पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई ठाउँमा अलि धेरै पानी पर्ने अनुमान छ ।
देशभर वर्षा हुने प्रक्षेपण रहेकाले यो हप्ता गहुँ, मुसुरोलगायत अन्न तथा दलहनबाली नकाट्न मौसमविद्ले आग्रह गरेका छन् । यो हप्ता कुनै पनि अन्नलगायत बाली नकाट्न र काटेको भए तत्कालै भित्र्याउँदा क्षति कम हुने मौसमविद् अधिकारीले बताउनुभयो । नयाँ प्रणालीको प्रभाव आउँदो सोमवारसम्म रहने अनुमान छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया