



गुल्मीको श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धन क्रान्तिकारीसँग पराजित

रुपन्देही । गुल्मीको रानीवासस्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका संयुक्त प्यानललाई हराउँदै माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी विजयी भएको छ । अध्यक्षमा विशाल थापा प्यानलसहित विजयी भएका हुन् ।
खसेका कुल मत १०६ मध्ये थापाले ६५ मत ल्याएर विजयी भएको सो क्याम्पसका निर्वाचन अधिकृत लक्ष्मण प्रसाद उपाध्यायले जानकारी दिए । उनका प्रतिस्पर्धी नेविसंघ र अनेरास्ववियुका संयुक्त उम्मेदवार नेत्र प्रसाद ज्ञवालीले ४१ मत ल्याएका थिए।
त्यस्तै सचिव पदका उम्मेदवार क्रान्तिकारीकै पुष्पा कुँवरले ५३ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी बिन्ध्या रानाले ४६ मत ल्याएकी थिइन्।
कोषाध्यक्षमा पनि क्रान्तिकारी कै सिर्जना बस्याल ५५ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी लक्ष्मी ज्ञवालीले ४९ मत ल्याएकी थिइन्।
सदस्यहरूमा क्रान्तिकारी कै बिपना थापा ६० मत, अप्सरा परियार ५६ मत, दया पौड्याल ५६ मत लिएर विजयी भएकी छन्। त्यस्तै प्रतिस्पर्धी मनदिप श्रेष्ठले ४९, करिना सोमै ४६ र दिपा पन्थले ४४ मत ल्याएका थिए ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया