

गुल्मीको श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धन क्रान्तिकारीसँग पराजित



रुपन्देही । गुल्मीको रानीवासस्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका संयुक्त प्यानललाई हराउँदै माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी विजयी भएको छ । अध्यक्षमा विशाल थापा प्यानलसहित विजयी भएका हुन् ।
खसेका कुल मत १०६ मध्ये थापाले ६५ मत ल्याएर विजयी भएको सो क्याम्पसका निर्वाचन अधिकृत लक्ष्मण प्रसाद उपाध्यायले जानकारी दिए । उनका प्रतिस्पर्धी नेविसंघ र अनेरास्ववियुका संयुक्त उम्मेदवार नेत्र प्रसाद ज्ञवालीले ४१ मत ल्याएका थिए।
त्यस्तै सचिव पदका उम्मेदवार क्रान्तिकारीकै पुष्पा कुँवरले ५३ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी बिन्ध्या रानाले ४६ मत ल्याएकी थिइन्।
कोषाध्यक्षमा पनि क्रान्तिकारी कै सिर्जना बस्याल ५५ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी लक्ष्मी ज्ञवालीले ४९ मत ल्याएकी थिइन्।
सदस्यहरूमा क्रान्तिकारी कै बिपना थापा ६० मत, अप्सरा परियार ५६ मत, दया पौड्याल ५६ मत लिएर विजयी भएकी छन्। त्यस्तै प्रतिस्पर्धी मनदिप श्रेष्ठले ४९, करिना सोमै ४६ र दिपा पन्थले ४४ मत ल्याएका थिए ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया