



सिदार्थ क्याम्पस : ने.वि.संघका न्यौपाने सभापतिमा बिजयी

कपिलवस्तुको चर्चित सिद्धार्थ क्याम्पस बुड्चीमा ने.वि.संघले ऐतिहासिक जित निकालेको छ! चारदलीय गठबन्धन बनाएका अनेरास्ववियु उम्मेदवार पशुपति गिरीलाई ५१ मतान्तरले पराजित गर्दै ने.वि.संघका मनोज न्यौपाने सभापतिमा निर्वाचित भएका छन्। ८०१ मत खसेकोमा ने.वि.संघका मनोज न्यौपानेले ४१५ मत प्राप्त गर्दा अनेरास्ववियुका पशुपति गिरीले ३६४ मत प्राप्त गरेका छन् ।
२०७९ मा अनेरास्ववियुको तर्फबाट सचिव पद जितेका गिरी यस पटक भने सभापतिमा हार बेहोर्न बाध्य भए। अनेरास्ववियुको अभेद्य गढ मानिएको सिद्धार्थ क्याम्पसमा २०७९ मै ने.वि.संघका निल कलम थारुले किल्ला ढाल्दै नयाँ इतिहास रचेका थिए। त्यसको निरन्तरतामा यसपटक न्यौपानेले अर्को सफलता थप्दै अनेरास्ववियुलाई फेरि ठूलो झड्का दिएका छन्।
यहाँ सचिवमा अनेरास्ववियुको संयुक्त प्यानलबाट अर्चना आचार्यले हात पारेकि छिन् । कोषाध्यक्षमा ने.वि.संघकी अनु चौधरी सहित ने.वि.संघले २ सदस्य हात पारेको छ । भने अनेरास्ववियुको ४ दलिय गठबन्दनबाट सचिव सहित ५ सदस्य हात पारेको छ ।
सिद्धार्थ क्याम्पसको यो नतिजाले कपिलवस्तुको विद्यार्थी राजनीतिमा नयाँ तरंग ल्याएको छ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया