
सिदार्थ क्याम्पस : ने.वि.संघका न्यौपाने सभापतिमा बिजयी

कपिलवस्तुको चर्चित सिद्धार्थ क्याम्पस बुड्चीमा ने.वि.संघले ऐतिहासिक जित निकालेको छ! चारदलीय गठबन्धन बनाएका अनेरास्ववियु उम्मेदवार पशुपति गिरीलाई ५१ मतान्तरले पराजित गर्दै ने.वि.संघका मनोज न्यौपाने सभापतिमा निर्वाचित भएका छन्। ८०१ मत खसेकोमा ने.वि.संघका मनोज न्यौपानेले ४१५ मत प्राप्त गर्दा अनेरास्ववियुका पशुपति गिरीले ३६४ मत प्राप्त गरेका छन् ।
२०७९ मा अनेरास्ववियुको तर्फबाट सचिव पद जितेका गिरी यस पटक भने सभापतिमा हार बेहोर्न बाध्य भए। अनेरास्ववियुको अभेद्य गढ मानिएको सिद्धार्थ क्याम्पसमा २०७९ मै ने.वि.संघका निल कलम थारुले किल्ला ढाल्दै नयाँ इतिहास रचेका थिए। त्यसको निरन्तरतामा यसपटक न्यौपानेले अर्को सफलता थप्दै अनेरास्ववियुलाई फेरि ठूलो झड्का दिएका छन्।
यहाँ सचिवमा अनेरास्ववियुको संयुक्त प्यानलबाट अर्चना आचार्यले हात पारेकि छिन् । कोषाध्यक्षमा ने.वि.संघकी अनु चौधरी सहित ने.वि.संघले २ सदस्य हात पारेको छ । भने अनेरास्ववियुको ४ दलिय गठबन्दनबाट सचिव सहित ५ सदस्य हात पारेको छ ।
सिद्धार्थ क्याम्पसको यो नतिजाले कपिलवस्तुको विद्यार्थी राजनीतिमा नयाँ तरंग ल्याएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया