

तिलोत्तमामा कार र मोटरसाइकल ठोक्किँदा एक विद्यार्थीको मृत्यु




बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सडक दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । नयाँमिलस्थित जनसेवा चोकमा कार र मोटरसाइकल ठोक्किँदा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल–३, ट्राफिक चोक बस्दै आएका १९ वर्षीय रोशन परियारको निधन भएको हो ।
परियार तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत थिए । दुर्घटनामा परि गम्भीर घाइते भएका परियारको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले बताए ।
प्रहरी अनुसार बुटवलबाट जाँदै गरेको लु ५६ प १९६१ नम्बरको मोटरसाइकल र मुख्य हाइवेको पश्चिम लेनबाट पूर्वतर्फ बाटो काट्दै गरेको बा २० च १७५४ नम्बरको कार नयाँमिलस्थित जनसेवा क्लब अगाडी एक आपसमा ठोक्किएको हो ।
दुर्घटनापछि कार र चालकलाई नियन्त्रणमा लिएर छानबिन अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया