

आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





काठमाण्डौ : हिउँदे अवधि सकिने अन्तिम दुई दिन आज र भोलि पश्चिमी वायु सक्रिय हुने भएको छ । देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ । मधेश प्रदेशबाहेकका अरु ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मङ्सिर १६ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । यस अवधिमा सरदर ६० मिलिमिटर वर्षा हुने गरेकोमा यसपटक झण्डै १० मिलिमिटर मात्रै वर्षा भएको छ ।
हिउँदे वर्षा नहुँदा सुक्खा बढेको छ । यसले वायुमण्डलमा धुवाँ, धुलो थुप्रिँदा वायु अस्वस्थकर हुने लगायत समस्या देखिएको छ । आज र भोलिको वर्षाले प्रदूषण हटाउन सहयोग पुग्ने मौसमविद्ले बताएका छन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया