बिबिए तेस्रो वर्षमा लुम्बिनी भिजन कलेज कपिलवस्तुको शतप्रतिशत उत्कृष्ट नतिजा


कपिलवस्तु | कपिलवस्तुको बाणगंगा ३ स्थित लुम्बिनी भिजन कलेजले बिबिए तेस्रो सेमेष्ष्टरमा उत्कृष्ट शतप्रतिशत नतिजा हात पारको छ । कपिलवस्तु भिजन प्रा.लि द्धारा सञ्चालित श्रीनगर इन्टिग्रेटेड कलेज (लुम्बिनी भिजन)ले हालै प्रकाशित बिबिए तेस्रो वर्षको नतिजामा उत्कृष्ट नतिजा हात पारेको हो ।

पुर्वाञ्चल विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालय बिराटनगरद्वारा लिइएको स्नातक तह बि.बि.ए. तेस्रो सेमेस्टरको बोर्ड परिक्षामा कपिलवस्तु भिजन प्रा.लि. द्वारा सञ्चालित श्रीनगर इन्टिग्रेटेड कलेजबाट सहभागि छात्र, छात्राहरुमा उच्चतम ३.८ सिजिपिए सहित (३.६५) ९ जना, (३.६०) १ जना, (३.५५) २ जना, (३.५०) ५ जना, (३.४५) २ जना, (३.३०) १ जना, (३.००) १ जना, सहित १००% (शत प्रतिशत) उत्तिर्ण हुन सफल भएका हुन ।

कलेजले यो नजिता प्राप्ति प्रति लगनशिल प्रतिभाशालि छात्र, छात्राहरुमा बधाई तथा शुभकामना ब्यक्त गरेको छ भने उक्त उत्कृष्ट नतिजाका प्रेरक कर्तब्यनिष्ठ प्राध्यापक, कर्मचारी, सुमार्गनिर्देशित अभिभावक, कुशल कलेज सञ्चालक समिति प्रति पनि आभार प्रकट गरेको छ ।

प्रकाशित नतिजामा नमुना अधिकारीले ३ दशमलव ८० जिपिए प्राप्त गरेकी छन भने अञ्जली थारु, देविमया श्रीस, दिनेश खनाल, दिभ्या रासकोटी, इस्मिता पोख्रेल, कुसुम चौधरी र लभजंग शाहले ३ दशमलव ६५ जिपिएसहित उत्कृष्ट नतिजा हात पारेका छन् ।

यस तहको परीक्षामा कलेजबाट २२ जना विद्यार्थीले सहभागिता जनाएका थिए । कलेजले शतप्रतिशत नजिता हात पारेको हो ।

प्रतिक्रिया