
समुह टोलीकै बलियो अस्ट्रेलियासँग खेल्दै नेपाल, सुपरसिक्समा पुग्ने झिनो आस

बुटवल : आइसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटमा आज नेपालले अस्ट्रेलियासँग खेल्दैछ। मलेसिसाको बांगीस्थित वाइएसडी(युकेएम क्रिकेट ओभलमा दिउँसो सवा १२ बजेदेखि खेल सुरू हुनेछ।
आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ। यसअघि दुवै खेलमा पराजित भएको नेपालले सुपर सिक्स सम्भावनालाई जिवित राख्न आजको खेल जित्नुपर्नेछ। यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो।
दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। स्कटल्याण्डविरूद्ध राम्रो सुरूवात गरेपनि नेपालले स्कटल्याण्डको अन्तिम विकेट लिन सकेन। अन्तिम विकेटका लागि स्कटल्यान्डले १६ रनको साझेदारी गर्दा नेपाल विश्वकपमा पहिलो जित निकाल्ने अवसरबाट चुकेको थियो।
आज यसअघिका दुवै खेलमा भएका कमजोरी सुधारेर नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने र अस्ट्रेलियालाई पराजित गर्नुपर्ने चुनौती छ।अस्ट्रेलियाले बंगलादेश र स्कटल्याण्ड दुवैलाई पराजित गरिसकेको छ। समूह चरणमा उ पनि अन्तिम खेल खेल्दैछ। शीर्ष स्थानमा रहेको अस्ट्रेलिया अहिलेसम्मको खेलमा बलियो देखिएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया