

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा २४ जना घाइते




अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। शितगंगा नगरपालिका- ४ कोप्चेवासमा नरपानीबाट गोरुसिंगेतर्फ जाँदै गरेको भे १ ख.२११८ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु ३० प २५४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँई बस अनियन्त्रित भएको हो।
सडकदेखि अन्दाजी १० मिटर तल खस्दा बस र मोटर साइकलमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णु पौडेलले बताए। गम्भीर घाइते ४ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचार गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ।
अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ। अधिकांश घाइते बाँके जिल्लाका रहेका छन्।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया