
कपिलवस्तु दुर्घटना अपडेट : मृतकको संख्या २ पुग्यो

मंसिर २२, कपिलवस्तु । भैरहवा तौलिहवा सडक खण्डको लुम्बिनीमा आज बिहान बस, कार र मोटरसाइकल ठोक्किंदा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। लु २ ख २३१ नम्बरको बस, बा। १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
मृत्यु हुनेहरूमा गाडी चालक वाणगंगा नगरपालिका वडा नं। ४ का ४५ वर्षीय इन्द्रबहादुर सार्की र सोही गाडीमा सवार प्युठान जिल्ला पकलाका वडा नं। ७ बस्ने ४३ वर्षीय भीमबहादुर सारु रहेको रहेका छन्।
दुर्घटनाका ११ जना घाइतेहरू मध्ये १ गम्भीर घाइते, २ जना मध्यम र ८ जना सामान्य रहेको जिल्ला ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक पंकज चुदालीले बताए। दुर्घटनामा परी कारमा सवार थप १ जना गम्भीर घाइते रहेको र उनको भैरहवा स्थित मेडिकल कजेलमा उपचार भइरहेको छ।
बस चालक कपिलवस्तु मायादेवी गाउँपालिका वडा नं। ४ बनकसियाका ३७ वर्षीय सुरेश धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया