

आइपिएलको मेगा अक्सनका लागि १५७४ खेलाडी, नेपाली खेलाडीले गराएनन् दर्ता


काठमाडौँ : इण्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत मेगा अक्सनका लागि १५७४ खेलाडी दर्ता भएका छन् ।
नोभेम्बर ४ सम्म खेलाडी दर्ताको समय दिइएकोमा ११६५ भारतीय र ४०९ विदेशी खेलाडी दर्ता भएको आइपिएलले जानकारी दिएको छ ।दर्ता भएका खेलाडीमा ३२० क्याप्ड खेलाडी रहेका छन् भने १२२४ खेलाडी अनक्याप्ड र ३० खेलाडी एसोसियट्स देशबाट रहेका छन् ।
दर्ता भएका विदेशी खेलाडीमा अफगानिस्तानका २९, अस्ट्रेलियाका ७६, बंगलादेशका १३, क्यानडाका ४, इङल्याण्डका ५२, आयरल्याण्डका ९, इटालीका एक, नेदरल्याण्डसका १२, न्यूजील्याण्डका ३२, स्कटल्याण्डका २, दक्षिण अफ्रीकाका ९१, श्रीलंकाका २९, युएईका एक, अमेरिकाका १०, वेस्ट इन्डिजका ३३ र जिम्बाबेका ८ खेलाडी दर्ता भएका छन् ।
नेपालबाट भने यस पटकको आइपिएलमा कुनै खेलाडी दर्ता भएका छैनन् ।
यी खेलाडीबाट विभिन्न फ्रेन्चाईजीले २०४ खेलाडी चयन हुने छन् । आइपिएलका १० फ्रेन्चाईमा एक टिमले बढीमा २५ खेलाडी राख्न पाउने व्यवस्था रहेको छ ।
आइपिएलको मेगा अक्सन नोभेम्बर २४ र २५ मा साउदी अरेबियाको जेदाहमा हुने भएको छ ।


खबर सबै
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई






प्रतिक्रिया