
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय बालाजुमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीति, पार्टी सभापति रवि लामिछाने पक्राउपछिको परिस्थिति, जारी आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।
सहकारी ठगी तथा सङ्गठित अपराधको आरोपमा यही कात्तिक २ गते पार्टी सभापति लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही राति पोखरा लगिएको थियो । कास्की जिल्ल अदालतले पहिलो पटक अनुसन्धानका लागि दिएको ६ दिनको समय सकिएपछि बिहीबार फेरि ७ दिनको समय थप भएको छ ।
६ दिनसम्म पोखरामा प्रदर्शन गरेको रास्वपाले हिजोबाट काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । रास्वपाले हिजो काठमाडौंमा भएको प्रदर्शनकाे समेत आजको केन्द्रीय समिति बैठकमा समीक्षा गर्नेछ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया