



बुटवल उपमहानगरपालिका योगीकुटी चोकमा राखिएको डिजिटल बोर्ड ह्याक

काठमाडौं : दशैं-तिहारलाई लक्षित गर्दै बुटवलमा १५ दिनअघि चोकैमा राखिएको डिजिटल बोर्ड ह्याक भएको छ । बुटवल उपमहानगरपालिका योगीकुटी चोकमा स्थानीय क्लबले राखेको डिजिटल बोर्ड ह्याक भएको हो ।
बोर्ड ह्याक गरेर ह्याकरले त्यसमा अङ्ग्रेजी अश्लील शब्द राखेका छन् । यात्रुहरूलाई स्वागत गर्न राखिएको उक्त बोर्डमा ह्याकरले लेखेका छन्, “फ*क अल ।”
‘तिलोत्तमा नगरपालिकाले तपाईंहरूलाई यसरी स्वागत गर्छ’ भन्दै फोटो र भिडिओ सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आइरहेका छन् । यस विषयमा टेकपानासँग कुरा गर्दै ट्राफिक प्रहरी बुटवलका असई मिलन सिंहले बोर्डमा अश्लील शब्दहरू भएको पुष्टि गरे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार सो बोर्ड केही समयअघि स्थानीय क्लबले राखेको थियो । “नगरपालिकाको अनुमित बिनै किन राखेको भनेर मैले हटाउने निर्देशन दिएको थिए,” पाण्डेयले भने, “अहिले ह्याक भएको रहेछ । त्यो ठूलो बोर्डको माथि रहेको सानो सूचना बोर्ड चाहिं हामीले राखेका हौं ।”
नगरप्रमुख पाण्डेयले यस विषयमा बुझेर बोर्ड हटाउन पहल गरिने बताए ।
-टेकपानाबाट साभार

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया