



नेसपाले पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने

नेपाल समाजवादी पार्टी (नेसपा)ले अब प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउने भएको छ। आज ९मंगलबार० सम्पन्न प्रथम विधान अधिवेशनले सबै तहका समितिहरू प्रत्यक्ष प्रणालीबाट निर्वाचित गर्ने निर्णय गरेको हो।
जसअनुसार पार्टीमा युवा प्रतिनिधित्वलाई पनि सुनिश्चित गरिएको छ। पालिकामा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको हो। त्यस्तै पदाधिकारीसहित सबै समितिमा ३३ प्रतिशत महिला हुनैपर्ने निर्णय गरिएको छ।
विधान अधिवेशनले केन्द्रीय समिति ९९ सदस्यीय हुने र ११ सदस्यीय पदाधिकारी हुने निर्णय गरेको छ। पदाधिकारीमा अध्यक्ष १, उपाध्यक्ष ५ (१ महिला, १ जनजाति, १ मधेशी, १ खसआर्य, १ दलित), महासचिव १, सचिव ३ र कोषाध्यक्ष एक जना हुनेछन्।
अधिवेशनले पार्टीको नाम पनि परिवर्तन गरेको छ। अब पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) रहने र संक्षिप्तमा नेसपा नयाँ शक्ति हुनेछ।
त्यसै गरी पार्टीको झण्डा पनि परिवर्तन गरिएको छ। अधिवेशनले फिक्का रातो रङको आयतनकारमा आँखा चिह्न राख्ने गरी पारित गरेको हो। चुनाव चिह्न भने आँखा नै रहनेछ।
अधिवेशनले आगामी माघ २५, २६ र २७ गते काठमाडौँमा गर्ने गरी महाधिवेशनको मिति तोकेको छ। अधिवेशनमा ७१ जिल्ला र विदेश (६ देश) सहित कुल पाँच सय प्रतिनिधि सहभागी थिए।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया