

लुम्बिनीका वन मन्त्री कुर्मीलाई राजीनामा दिन देउवाको निर्देशन





काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि दबाब थेग्न नसक्ने र यसले पार्टीलाई गम्भीर क्षति पुग्ने निश्कर्षसहित देउवाले कुर्मीलाई तत्काल राजीनामा दिन निर्देशन दिएका हुन् ।
देउवाको मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशव्यापी रुपमा नराम्रो सन्देश प्रवाह भएको भन्दै कुर्मीलाई राजीनामा दिन भनेको उच्च स्रोतको दाबी छ । कुर्मीले भने भोलि नै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेको स्रोतको दाबी छ ।
कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ। मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा आन्दोलन कायमै छ। कुर्मीकै कारण कांग्रेस र एमालेको अहिलेको सत्ता गठबन्धनको आलोचना सुरु भएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया