
लुम्बिनीका वन मन्त्री कुर्मीलाई राजीनामा दिन देउवाको निर्देशन




काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीबाट लुम्बिनी सरकारमा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीलाई राजीनामा दिन निर्देशन दिएका छन् ।
कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि दबाब थेग्न नसक्ने र यसले पार्टीलाई गम्भीर क्षति पुग्ने निश्कर्षसहित देउवाले कुर्मीलाई तत्काल राजीनामा दिन निर्देशन दिएका हुन् ।
देउवाको मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशव्यापी रुपमा नराम्रो सन्देश प्रवाह भएको भन्दै कुर्मीलाई राजीनामा दिन भनेको उच्च स्रोतको दाबी छ । कुर्मीले भने भोलि नै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेको स्रोतको दाबी छ ।
कुर्मीमाथि बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप छ। मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा आन्दोलन कायमै छ। कुर्मीकै कारण कांग्रेस र एमालेको अहिलेको सत्ता गठबन्धनको आलोचना सुरु भएको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया