



मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

खबर सबै
-
विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ
-
एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य पौडेलले गरे पार्टी परित्याग
-
कांग्रेस नेता कनौडिया एमालेमा प्रवेश
-
आयोगले गगन थापाको पक्षमा निर्णय गरेपछि प्रदेश सभापति अमरसिंह पुन भन्छन्, ‘परिवर्तनको नवयुग प्रारम्भ भयो’
-
निर्वाचन गतिविधि : कपिलवस्तुसहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतका कार्यालय स्थापना
-
कपिलवस्तुमा ६ महिनामा ७ जनाबाट नेपाली नागरिकता परित्याग
-
आयोगले गगन थापाको पक्षमा निर्णय गरेपछि प्रदेश सभापति अमरसिंह पुन भन्छन्, ‘परिवर्तनको नवयुग प्रारम्भ भयो’
-
निर्वाचन गतिविधि : कपिलवस्तुसहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतका कार्यालय स्थापना
-
कपिलवस्तुमा ६ महिनामा ७ जनाबाट नेपाली नागरिकता परित्याग
-
आर्थिक अभावमा ‘बोनम्यारो’ जस्तो गम्भिर रोगबाट पिडित ‘शिक्षिका’ आचार्य, उपचारमा ‘सहयोगको अपिल’
-
निर्वाचन : मतदान अधिकृतले के–के गर्न सक्छन् ?
-
आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस











प्रतिक्रिया