
अरिङगालले टोकेर एकको मृत्यु, एकजना घाइते

रुकुम पूर्व । रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते हुनुभएको छ । जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो ।
अरिङगालको टोकाइबाट घाइते हुनुभएका सिस्ने गाउँपालिका–७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिस्ने गाउँपालिका–५ स्थित धौलापैरा जङ्गलमा अरिङगाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउलेलाई अरिङगालले टोकेर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको क्रममा घर्तीको मृत्यु भएको हो । रासस


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया