

देशका धेरै ठाउँमा वर्षा, कपिलवस्तुमा भारी वर्षा





काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको शक्तिखोरमा १३५ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा १२५ मिलिमिटर, चितवनको नारायणी फिल्ड कार्यालयमा ११५ मिलिमिटर, बाराको रजुवा र सिन्धुलीको हरिहरपुरगढीमा ११३ मिलिमिटर, सर्लाहीको परवानीपुरमा १०६ मिलिमिटर तथा महोत्तरीको कालापानी, काठमाण्डौको धापड्याम र सिन्धुलीको रानीचौरीमा १०४ मिलिमिटर पानी परेको छ ।
पश्चिम नवलपरासीको सेमरीमा पछिल्लो ६ घन्टामा ८७.२, बाराको परवानीपुरमा ७५.१ बराकै रजुवामा ९१ मिलिमिटर पानी परेको छ। त्यस्तै कपिलवस्तुको तौलिहवामा ७९.६ मिलिमिटर पानी परेको छ।
लगातार र ठूलो पानी परेको ठाउँमा बाढी आएको छ । चितवन र नवलपरासी पूर्वको नारायणी, बाराको लालबकैया, महोत्तरीको रातो र सिन्धुपाल्चोकको कोशी नदीमा बाढीले सतर्कता तह पार गरेको छ । काठमाण्डौको बाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोवीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायत नदी खोलामा पनि पानीको सतह खतराको तह आसपास रहेको छ ।
नदी आसपासका कतिपय बस्तीमा बाढी पसेको छ । डुबान हुने ठाउँहरुमा बस्नेलाई बिहान १० बजेसम्म सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै सिन्धुपाल्चोकको ढुङ्गे, बोल्दे, मानेखर्क, बाँसखर्क, धाप, गोब्रे, दुबाचौर, बाउनेपाटी तथा आसपासका वर्षामापन केन्द्रहरुमा पनि ठूलो पानी परिरहेकाले ती क्षेत्र भइ बहने नदीहरुका तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच लगातार पानी परेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा बिहान झण्डै एकघण्टा गाडी चलाउन रोक लगाइएको छ । पहिरोको जोखिम भएकाले बिहान साढे ४ बजेदेखि गाडी चलाउन रोक लगाइएको र उज्यालो भएपछि खुलाइएको मुग्लिन प्रहरीले जनाएको छ ।
पानी परेको बेला राजमार्गमा पहिरोको जोखिम हुने भएकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया