

लुम्बिनी प्रदेशभर एक वर्षमा ११ सय बढी ‘सडक दुर्घटना’




साझाकुरा,कपिलवस्तु । हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप । साँघुरा सडकमा तीव्र गति त्यसमाथि पैदल यात्रु र सडकका खाल्डाखुल्डी । जोखिमै जोखिमका बीचमा सवारी चालक गन्तव्य लिइरहेका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७९/०८० र गत आर्थिक वर्ष २०८०/ ०८१मा पनी मा सवैभन्दा बढी रुपन्देहीमा सवारी दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलको तथ्याङ्कमा उल्लेख छ ।
ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशभर ११ सय २० वटा दुर्घटना भएका छन् । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्ष २०८०/०८१ भन्दा बढी हो । लुम्बिनी प्रदेशका सवै जिल्लामध्ये सवैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन् । गत आर्थिक वर्षमा रुपन्देहीमा भएका २ सय ५० सवारी दुर्घटना मा १ सय ७ जनाको मृत्यु भएको हो । अघिल्लो आर्थिक वर्षमा पनी रुपन्देहीमै २ सय २२ दुर्घटनामा १ सय ९ जनाले ज्यान गुमाएका थिए ।
त्यसैगरि यसवर्ष पनी दोस्रो दुर्घटना हुने जिल्लामा दाङ नै कायम रहेको छ । दाङमा गत आर्थिक वर्षमा भएका २ सय ३ सवारी दुर्घटनामा ९९ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष मा दाङमै १ सय ४८ सवारी दुर्घटना हुदाँ ५५ जनाले ज्यान गुमाएका थिए ।
त्यसैगरि बाँकेमा गत आर्थिक वर्षमा १ सय ५८ सवारी दुर्घटनामा परि ६६ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा १ सय २२ सवारी दुर्घटनामा ५९ जनाले ज्यान गुमाएका थिए ।
दुर्घटना हुने जिल्लामध्ये कपिलवस्तु यसवर्ष तेस्रो स्थानमा छ । कपिलवस्तुमा गत आर्थिक वर्ष २०८०/०८१ मा १ सय ८१ सवारी दुर्घटनामा ७५ जनाले ज्यान गुमाएको र ०७९/०८० मा १ सय ९ वटा दुर्घटनामा ५५ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ ।
सवैभन्दा कम सवारी दुर्घटना पुर्वी रुकुममा भएका छन् । पुर्वी रुकुममा ९ सवारी दुर्घटना हुदाँ १ जनाले ज्यान गुमाएका हुन् । समग्र लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०÷०८१ मा ११ सय २० सवारी दुर्घटना हुदाँ ४ सय ९५ जनाको ज्यान गुमाएका हुन् ।
२०७८ /०७९को तुलनामा आर्थिक वर्ष २०७९ /०८० मा कमी आएको थियो भने यस गत आर्थिक वर्षमा दुर्घटना बढेको छ । आर्थिक वर्ष २०७९ /०८० मा लुम्बिनी प्रदेशभरमा ८ सय ९२ सवारी दुर्घटना हुदाँ ४ सय ६२ जनाले ज्यान गुमाएका थिएभने त्यो भन्दा अघिल्लो आर्थिक वर्ष मा ११ सय ६४ सवारी साधन दुर्घटना हुदाँ ५ सय ५१ जनाले ज्यान गुमाएको तथ्याङ्कमा जनाईएको छ । निरन्तर सवारी चालकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएकाले भएपनी दुर्घटनामा भने बढेको छ ।
अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा जनचेतना कार्यक्रम सञ्चालनमा उल्लेख्य वृद्धि भएकोे प्रदेश ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रहरी उपरिक्षक कृष्ण खत्री ले साँघुरो सडकमा सवारी धेरै भएकाले पनि दुर्घटना न्यूनीकरणमा समस्या भएको बताए । उनका अनुसार तराईका सडकमा बढ्दो सिटी सवारीको चापका कारण पनि ठूला गाडी कुदाउन समस्या भएको र दुर्घटनाको जोखिम बढेको छ । छाडा चौपायाको संख्यामा बृद्धि हुनु सवारी साधनको संख्या बढ्दा सड्क भने उत्रै हुनुले पनी दुर्घटनामा कमी नआएको बताए ।
तीव्र गतिमा आउने ठूला सवारीसाधनसँग साँघुरो सडकमा जोगिएर मोटरसाइकल कुदाउन निकै गाह्रो पर्ने र सवारी साधनको संख्या ४ गुना बढ्दा समेत सड्क उत्रै हुनुले पनी समस्या आएको बाणगंगा ७ मा मान बहादुर कार्की बताउछन् । आफूलाई जस्तै अरू साना दुईपाङ्ग्रे सवारी चालकलाई यस्तै समस्या रहेको उनी बताउँछन्।
विगत १० वर्षदेखि हेर्ने हो भने गुणात्मकरूपले सवारी चाप बढिरहेको छ तर राजमार्गको चौडाई बढ्न सकेको छैन, अझ बस्ती क्षेत्रतिर गएर हेर्दा बिस्कुन सुकाउनेदेखि बालबालिका खेल्ने ठाउँसम्म भएको छ सडक । कालोपत्र भएको वर्ष बित्न नपाउँदै खाल्डैखाल्डा भएका सडकहरू पनि प्रशस्तै भेटिन्छन् । राजमार्गमा ठूला सवारीको आतङ्क बेग्लै छ, साना साधन कुदाउँदा जोगिनै हम्मेहम्मे पर्छ ।
विगतको तुलनामा ठाउँठाउँमा प्रहरी चेक पोष्ट तथा सवारी साधन चेक जाँचका लागि कडाइपूर्वक सडकमा खटिएर रहेका टा«फिक प्रहरीको निगरानीले जोखिम न्यूनीकरण भने भएको देखिन्छ ।
सवारी कार्वाही र राजश्वमा कमी
मापसे र ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन हाँक्दा कारबाही हुनेको संख्या पनि वर्षेनी बढ्दै गएको छ । गत आर्थिक वर्ष २ लाख ३३ हजार २ सय ९४ सवारी कार्बाहीमा परि १७ करोड ४२ लाख २८ हजार ५ सय ३ रुपैया राजश्व संकलन भएकोमा आ व २०७९/८० मा सवारी कार्वाहीको संख्या २९ लाख ६३ हजार ४५ कार्बाहीमा २१ करोड ७१ लाख ७४ हजार ५ सय रहेको लुम्बिनी प्रदेश ट्राफिकको तथ्याकमा उल्लेख छ ।
२०७८/७९ मा भने २८ लाख ४८ हजार ९९ सवारी कार्वाही हुदाँ २० करोड ८९ लाख ८४ हजार ५ हजार राजश्व संकलन भएको थियो । खत्रीका अनुसार अघिल्लो आर्थिक वर्षमा ट्राफिक प्रहरीले स्पोर्टमै राजश्व लिएर साझ दाखिला गर्दा बढी राजश्व संकलन भएको र यसपाली पुर्जी लिएर लामो समय सम्म नतिर्दा कमी देखिएको बताए । लुम्ब्निी दर्पणमा प्रकाशित


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया