कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत मायादेवी गाउँपालिका–६ डुमरा चोकमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–२ वर्गदवाका २४ वर्षीय शुभम लोहार रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ना.१ क ५४९८ नम्बरको दूध बोक्ने ट्याङ्करले लु.६६ प १७६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका लोहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले ट्याङ्कर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै