

कपिलवस्तुमा सवारी दुर्घटना : एक वर्षमा ७० जनाले ज्यान गुमाए




गुलाम अली, कपिलबस्तु । कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्षमा विभिन्न सडक दुर्घटनामा परी ७० जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको असार १५ गते सम्मको प्रहरीको तथ्याङ्कले यस्तो देखाएको हो ।
ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गरिरहेको दाबी गरिरहे पनि कपिलबस्तु जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको समेत देखिदैन । सवारी दुर्घटनामा परेर ट्राफिक प्रहारी कार्यालयको आर्थिक बर्ष २०८०/८१ तथ्याङ अनुसार १७० वटा द्ुर्घटना भएको छ । जसमा घाईते हुनेको संख्या १४६ छ भने दुर्घटनाबाट ७० ज्यानले आफनो ज्यान गुमाएको तथ्याङले देखाएको छ ।
दुर्घटनाको दरलाई हेर्दा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको देखिएको छ । यसको अर्थ पछिल्ला वर्ष सडकमा दुईपाङ्ग्रे साधनको चाप समेत बढ्दा यी साधन मानिको काल बनिरहेका छन् । तिव्र गतिमा हुइकिने दुइपाङ्ग्रे साधनको असावधानीपूर्ण हुइक्याईले दुर्घटनाको दर समेत बढ्ने गरेको देखिन्छ ।
कपिलवस्तुमा भएका सडक तथा सवारी दुर्घटनामा सबैभन्दा बढी दुई पाङरे (मोटरसाईकल ) बाट ३१ जनाले आफनो ज्यान गुमाएका छन् भने जिप ÷करबाट ९, बस १७, टयाक्टर ५, टिप्परबाट ६, टयाम्पुबाट २ जनाले दुर्घटनामा परेर ज्यान गुमाएको ट्राफिक कार्यालय प्रमुख निरिक्षक अनिश भण्डारीले जानकारी दिनुभएको छ ।
यसैबीच पछिल्लो ४ बर्षको तथ्याङ हेर्दा आर्थिक वर्ष २०७७/७८ मा ७६ जना ,२०७८/७९ मा ५९ जना २०७९/८० मा ५५ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए । कपिलवस्तुमा पछिल्लो ४ बर्षको अवधिमा २६० जनाले दुर्घटनाबाट ज्यान गुमाएको ट्राफिक कार्यालय प्रमुख निरिक्षक भण्डारीले जानकारी दिनुभएको छ ।
प्रहरीको तथ्याङ्क र अध्ययन अनुसन्धानले दुर्घटना बढी भित्री सडकखण्डमा हुने गरेको बताइन्छ । खासगरी सवारी चालकको लापरवही , मार्दक पदार्थहरुको सेवन गरी सवारी चलाउनु, तिब्र गतिमा सवारी कुदाउनु र पैदल यात्रीहरुमा समेत जनचेतनाको कमीका कारण दुर्घटना हुने गरेको प्रहरीले बताउँछ ।
चालु आर्थिक बर्षको असार १५ गतेसम्म सवारीसाधनको चेकजाँच र कारवाहीबाट प्रहरीले ३० हजार १ सय ६३ जनालाई कारवाहीको दायरामा ल्याएको पनि जनाएको छ । ट्राफिक प्रहरीको कारवाहीबाट २ करोड १७ लाख ९२ हजार राजस्व समेत संकलन भएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया