
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । विश्वासको मत प्राप्त गर्न दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा एक सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रधानमन्त्री ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । उहाँलाई प्रमुख दल नेपाली कांग्रेसको ८८, नेकपा (एमाले) को ७८, अशोक राई नेतृत्वको जसपा सात, जनमत पार्टी छ, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पाँच, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी चार, स्वतन्त्र दुई गरी एक सय ९४ मत पक्षमा आउने देखिन्छ ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा एक, राष्ट्रिय जनमोर्चा एक, प्रभु साह (स्वतन्त्र) एकले मत कता दिने भन्ने विषयमा निर्णय गर्न बाँकी छ ।
नेकपा (एमाले) ले आफ्नो दलका सांसदलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ । प्रमुख सचेतक महेशकुमार बर्तौलाले आफ्ना सांसदहरुलाई ह्विप जारी गर्नुभएको हो । असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सात बुँदे सहमति भएको थियो । प्रमुख दुई दलबीच संविधान संशोधनलगायतको विषयमा सहमति भएको भनिए पनि सहमतिपत्र अहिलेसम्म सार्वजनिक भएको छैन ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया