

गुल्मीमा राहदानी लिनेको संख्या घट्यो





गुल्मी । गुल्मी जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा राहदानी (पासपोर्ट) लिनेको संख्या घटेको छ । यसले गर्दा राजस्व संकलन पनि कम भएको छ ।
आथिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट १२ हजार ४ सय ५० राहदानी वितरण भएको छ । जसबाट ६ करोड ४१ लाख ६७ हजार ३५० रुपैयाँ राजश्व संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्षमा १५ हजार ८६ जनाले राहदानी लिएका थिए । जसबाट कार्यालयले ७ करोड ३८ लाख ६ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको थियो ।
गुल्मीमा राहदानी लिनेको संख्या घटेसँगै राजश्वमा पनि कमी आएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकता पनि कम जारी भएको छ । अघिल्लो वर्ष जिल्ला प्रशासन कार्यालय मार्फत १० हजार तीन सय ६७ वटा नागरिकता जारी भएका थिए । अहिले घटेर ९ हजार ६ सय १८ वटा जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।
गत आर्थिक वर्षमा पाँच हजार सात सय ३६ नागरिकता प्रतिलिपि, ४८वटा गैरआवासीय नागरिकता वितरण गरेको छ ।
प्रशासनले सात सय ६६ नाबालक परिचयपत्र वितरण गरेको छ । १६ हजार आठ सय ४४ राष्ट्रिय परिचय पत्र विवरण दर्ता भए पनि कार्यालयले १ हजार ९ सय मात्र वितरण गरेकोे छ ।
अहिले जिल्लाका ग्रामीण वस्तीमा बराइँसराइको दर पनि बढ्दो छ । मानिसहरु गाउँमा कुनै अवसरहरु नभएपछि अवसरको खोजी गर्दै बसाइँ सर्नाले गाउँ रित्तिदै जान थालेको छ । जसले गर्दा सेवा लिनेको संख्यामा पनि कमी हुँदै जान थालेको अनुमान छ ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया