

नेपालमा दुई हप्तापछि मात्रै मनसुन भित्रने





काठमाण्डौ | पछिल्ला दिनमा नेपालका पूर्वी र पश्चिमी तराईमा देखिएको गर्मी अझै लगभग दुई सातासम्म रहने भएको छ । मनसुन १३ जुनमा मात्रै भित्रिने भएकाले त्यसबेलासम्म गर्मी जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा पर्सि आईतबारसम्म ‘लू’ चल्ने चेतावनी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । पश्चिम तराईमा तापक्रम ४४ डिग्री सेल्सियस सम्म पुगेको छ ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा अत्यधिक गर्मी छ । मौसमविद् प्रतिमा मानन्धरले वर्षा हुने कुनै प्रणाली नबनेपछि गर्मी पूर्व तराई र मध्य तराईमा पनि बढ्ने देखिएको जानकारी दिइन् । उनले बागमती प्रदेशका तराईका जिल्ला, मधेश प्रदेश र कोशी प्रदेशका जिल्लाहरूमा पनि तापक्रम बढ्ने लू चल्न सक्ने जानाइन् ।
अहिले पश्चिमी वायुको कारण कतै पनि प्रणाली विकसित नभएकाले तत्कालन पार्नी पर्ने सम्भावना नदेखिएको बताइन् । तराईका चलिरहेको गर्मीबाट छुटकारा मनसुन प्रवेश नभएसम्म पाइने देखिँदैन । मौसमविद् मानन्धरका अनुसार यो वर्ष मनसुन तीन दिन ढिला गरी भित्रिने अनुमान छ । सामान्यतया १० जून नेपालमा मनसुन भित्रिने मिति हो ।
योपटक १३ जूनमा मनसुन भित्रिने सम्भावना रहेको उनले बताइन् । भारतको केरलामा १६ जेठमा मनसुन भित्रिएको छ । सो मनसुन नेपालसम्म आइपुग्न कम्तीमा १० दिन लाग्ने मौसमविद् मानन्धरले बताइन् ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया