

कस्तो हुनेछ आजको मौसम ?


काठमाडौं : देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । तराईको केही जिल्लामा गमी बढ्दा केही स्थानमा भने वर्षाको पनि सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ ।
विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागमा एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
पश्चिम तराईमा गर्मी बढ्ने सम्भावना रहेको यसअघि नै विभागले सूचना जारी गरिसकेको छ । भोलिसम्म पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने भएकाले सतर्क रहन विभागको आग्रह छ ।
हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।


खबर सबै
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने






प्रतिक्रिया