

पाल्पामा प्राङ्गारिक मल कारखाना सञ्चालन गरिने


पाल्पामा प्राङ्गारिक मल कारखाना सञ्चालनको तयारी भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाले स्थानीय सहकारी संस्थासँगको सहकार्यमा प्राङ्गारिक मल कारखाना सञ्चालन गर्न थालेको हो ।
आगामी तीन महिनाभित्र कारखाना सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । पछिल्लो समय रासायनिक मलको अत्यधिक प्रयोग बढेकाले त्यसलाई घटाउन पालिकाको लगानीमा प्राङ्गारिक मल उत्पादन कारखाना सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो ।
पालिकाले कारखाना सञ्चालनका लागि चालु आव २०८०/८१ मा १५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । नपुग ३० लाख बजेट स्थानीय जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले बेहोर्ने गरेर संरचना निर्माणको काम सुरु भएको उहाँले बताउनुभयो । प्राङ्गारिक मलतर्फ किसानलाई आकर्षित गर्ने योजनाका साथ कारखाना सञ्चालनको काम सुरु भएको पालिकाका अध्यक्ष कार्कीले बताउनुभयो ।
वार्षिक २५० टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्यसहित कारखाना सञ्चालनको तयारी भएको जलेश्वर सहकारीका अध्यक्ष नारायणबहादुर लामटाङ्गेले बताउनुभयो । कारखाना दिगो रूपमा सञ्चालनका लागि ५१ प्रतिशत सहकारी र ४९ प्रतिशत किसान उपभोक्ताको लगानी रहने उहाँले बताउनुभयो ।
गाेरखापत्रबाट ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया