बुद्धशान्तिकाे अभिभावक भेला तथा नतिजा प्रकाशन

रामबहादुर गन्धर्व । बुद्धशान्ति इङ्गलिस बाेडिङ्ग स्कुल क.ब.न.पा. -९ कुस्मा स्थित कपिलवस्तुकाे अभिभावक भेला तथा नतिजा प्रकाशन एवं १२औं बार्षिक उत्सव शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ।

कार्यक्रमकाे प्यावशनका केन्द्रीय सदस्य शिव गैरेले उद्वटान गरे । साथै उनले शिक्षा सम्बन्धि राज्यको नीति बारे प्रष्ट पार्दै अभिभावकलाई सक्दाे सहयोग गर्न आग्रह गर्दै महत्त्वपूर्ण भुमिका सहित याेगदान रहने कुरामा बिश्वास राखे ।

बार्षिक उत्सवकाे अवसरमा बाेल्ने बक्ताहरूले २०६९सालमा भाडाकाे काेठाबाट शुरूवात गरेको यस् बिद्यालयले बिगत बर्षदेखि आफ्नै भवनबाट पठनपाठन गराउनुका साथै फरक पहिचान बनाउन सफल रहेको बताए । बिद्यालयकाे उच्च सफलताको शुभकामना ब्यक्त गर्दै उनिहरूले यस्तो बताएका हुन ।

यसैबीच बिद्यालयले विभिन्न समयमा सञ्चालन गरेको अतिरिक्त क्रियाकलापमा सहभागी विभिन्न भेषभुषा, भाषा साँस्कृति सहितको साँस्कृतिक नृत्य प्रस्तुत गरेको थियो साथै । सर्वाेत्कृष्ट हुन सफल छात्रछात्रा र असल अभिभावकहरूलाई शिल्ड ,मेडल सहित सम्मानपत्रले सम्मान गरेको थियो भने कक्षा-६मा उत्तीर्ण छात्रछात्रालाई लाई पनि सम्मानका साथ बिदाई गरेको छ।

सम्मान ग्रहण गर्दै बिद्यालयकाे सर्वाङ्गण बिकासकाे प्रशंसा गर्दै कक्षाकाेठा थप गर्नुपर्नेमा जाेड दिए। विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,स्थानीय जनप्रतिनिधि ,शिक्षाप्रेमी ,अभिभावक बुद्धिजीवी लगायत १५०बढी उपस्थिति रहेको कार्यक्रम बालकृष्ण पौडेलकाे अध्यक्षता वडा सदस्य बबिता सुनारकाे बिशिस्ट आतिथ्यता शिक्षिका अनिता रायमाझीकाे स्वागत मन्त्ब्य र प्रिन्सिपल ननरायण प्रसाद पौडेलकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया