नयाँ वर्षमा घुमफिर गर्ने योजनामा हुनुहुन्छ ? नछुटाउनुहोस् यी ठाउँहरु


कपिलवस्तु । न जाडो, न गर्मी । घुमफिर गर्नका लागि यतिबेलाको मौसम निकै उपयुक्त मानिन्छ । त्यसमाथि नयाँ वर्ष पनि छ । नयाँ वर्षमा हामीमध्ये धेरैले घुम्न जाने योजना बनाउँछौं । तर, घुम्ने ठाउँको बारेमा जानकारी नहुँदा अलमलिइरहेका हुन्छौं । घुम्न जाने ठाउँबारे पर्याप्त पूर्वसूचना नहुँदा रमाइलो गर्न जाँदा सास्ती खेप्नुपर्ने अवस्था समेत आउँछ ।
त्यस्तो अवस्था नआओस भनेर हामीले केही घुम्नैपर्ने ठाउँहरुको बारेमा आवश्यक जानकारी पस्किएका छौंः पश्चिम नेपालमा घुम्नैपर्ने केही रमणीय र आन्ददायी स्थानहरु उपयुक्त हुन सक्छन् ।

लुम्बिनी
गौतम बुद्धको जन्मस्थल लुम्बिनीे बौद्धमार्गीका साथै शान्तिगामी स्वदेशी र विदेशी पर्यटकको मनमा बसेको ठाउँ हो । बौद्ध दर्शन अध्ययन९अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनी महत्वपूर्ण स्थल हो ।

लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु मायादेवी मन्दिर हो । मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरीले आकर्षण थपेका छन् । मायादेवी मन्दिरमा बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति रहेको छ । मन्दिरभित्र ईसापूर्व पाँचौं शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष अवलोकन गर्नु जोकोहीको लागि दुर्लभ अवसर हुन सक्छ ।

लुम्बिनी पुगिसकेपछि बुद्धसम्बन्धी अन्य पर्यटकीय ठाउँ नपुग्नु अपूरो यात्रा हुन सक्छ । बुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तुको तिलौराकोट अर्को पुग्नैपर्ने ठाउँ हो । यो ठाउँ लुम्बिनीबाट २८ किलोमिटर दक्षिण९पश्चिममा पर्छ । कपिलवस्तुमा बुद्धसँग सम्बन्धित गोटिहवा, सग्रहवा, निग्लीहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ । यस्तै, भैरहवादेखि करिब ३५ किलोमिटर पूर्वमा रहेको प्राचीन कोलिय वंशको राजधानी तथा मायादेवीको माइती देवदह पनि महत्वपूर्ण छ । देवदह वरिपरि अन्य पुरातात्विक स्थल पनि छन ।

जगदिशपुर ताल

कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट नौ किलोेमिटर उत्तरमा रहेको निग्लिहवास्थित जगदीशपुर ताल पर्यटकीय क्षेत्रका रुपमा विकास हुदै गएको छ । यो ताल पनि पर्यटकका लागि घुम्नैपर्ने र हेर्नैपर्ने उपयुक्त स्थान हो । उक्त तालमा आन्तरिक तथा बाह्य पर्यटकहरु घूम्न आउने क्रम बढेसँगै ताल पर्यटकीय क्षेत्रका रुपमा विकास हुदै गएको छ । ताल पर्यटकीय गन्तव्य बन्दै गएपछि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने सरोकारवालको विश्वास छ । जगदिशपुर ताल हजारौ घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, कीराहरु र बोट विरुवाको लागि महत्वपूर्ण वासस्थान मानिन्छ भने स्थानिय जनसमुदायको लागि जीवनयापनको आधार समेत बनेको छ । ताललाई खेतीयोग्य जमिन, सामुदायिक वन र केहि स–साना पोखरीहरु लगायत नहर संरचनाले वरीपरीबाट घेरीएकोे छ । जैविक विविधताको संरक्षण, पर्यटन प्रवद्र्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक, धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले समेत यस ताललाई महत्वपुर्ण रुपमा लिइन्छ । कसरी बन्यो आर्कषणको केन्द्र ? हरेक वर्ष जाडो महिना शूरु भएपछि जगदीशपुर तालमा घुम्न आउने आगन्तुक चरा गर्मी महिनाको शुरुवातसंगै फर्कने गर्दछन् । १ सय ५७ हेक्टर क्षेत्रफलमा पैmलिएको जगदीशपुर ताल एशियाकै मानव निर्मित दोस्रो ठूलो ताल हो । पर्यटकीय महत्व बोकेको तालमा हरेक बर्षको हिउ“दमा साइबेरिया, रुस, चीन, मंगोलिया तथा मध्य एशियाका चराचुरुङ्गी घुम्न आउने गरेका छन् । जलाशयको उत्तरी भागमा दलदले घाँसे मैदान छ भने बाँध क्षेत्रमा सिसौका रुखहरुले ढाकेका छन् । १२ परिवारका २५ प्रजाती माछाहरु, ८ प्रजातीका उभयचर र ३८ प्रजातीका सरीश्रृप तालमा पाइन्छन् । विश्वमै दुर्लभ मानिएका आठ प्रजातीका चराहरु पनि यसै तालमा देख्न पाईन्छ । गत बर्ष ताल नजिकै थारु गाउँमा होमस्टे संचालनमा आएसंगै पर्यटकको लागि सहज भएको छ । विगतमा तालको महत्व नवुझ्ने स्थानियबासी समेत अहिले तालको संरक्षणमा लागेका छन् ।

‘होमस्टे’ संचालनमा आएपछि थारु महिलाहरु सक्रिय बन्दै गएको स्थानियवासी ललित गुरुङले वताए । शुरुशुरुमा स्थानियले तालको महत्व नवुझ्दा संरक्षणमा समस्या भएपनि अव समुदाय सचेत बन्दै गएको गुरुङको भनाइ छ । होमस्टेका सदस्यहरुले हप्ताको एकपटक तालआसपास सरसफाई समेत गर्ने गरेका छन् । जगदिशपुर जलाशय होमस्टेका सदस्य सिता थारुले तालमा आन्तरिक र वाह्रय गरि दैनिक सय वढि पर्यटक आउने गरेको वताइन् । जैविक बिबिधतामा धनी सिंचाई प्रयोजनका लागि २०४५ सालतिर बनाइएको यो ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । कपिलवस्तु जिल्लाका ११ गाविस र एक नगरपालिकाको कुल ६२०० हेक्टर खेतीयोग्य जमिन सिंचित गर्न पानी आपूर्ति हुने गर्दछ । सन् २००३ मा सिंचाईका साथ साथै जैविक विविधताले गर्दा ताल विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको हो । जगदिशपुर जलाशय हिउँदे आगन्तुक चराहरुको स्वर्गीय आश्रयस्थल पनि हो । कसरी पुग्ने जगदिशपुर ? जगदिशपुर ताल पुग्न खासै सार्वजनिक सवारी साधनको व्यवस्था भने छैन । सदरमुकाम तौलिहवाबाट बिहान र सांझको समयमा जीप छुट्ने गर्दछन् । यस्तै पुर्वपश्चिम राजमार्गको कोइली बनगाई, बुङचीबाट जगदिशपुर तालसम्म पुग्नका लागि पनि जीपहरु फरक–फरक समयमा छुट्ने गर्दछ । सबैभन्दा सजिलो ट्रयाक तौलिहवा–चारनम्बर सडकखण्डमा पर्ने जहदि भन्ने ठाउबाट २ किलोमिटरको दुरीमा ताल रहेको छ । नीजि सवारी साधन र रिर्जभ साधन भएकालाई भने ताल पुग्न अत्यन्तै सजिलो छ ।

बर्दिया
तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज रहेको बर्दिया थारु संस्कृतिका हिसाबले पनि प्रख्यात छ । नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज खासगरी बाघ हेर्नका लागि कहलिएको छ । निकुञ्ज क्षेत्रमा ५४ प्रजातिका स्तनधारी, चार सय प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छ ।
तपाईंलाई थारु संस्कृति मन पर्छ भने बर्दिया खानी हो । यहाँको डल्ला गाउँमा खोलिएको होमस्टे पर्यटकमाझ प्रिय छ । निकुञ्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर पनि धार्मिक हिसाबले निकै महत्वपूर्ण छ । मन्दिरमा लिच्छविकालीन मूर्तिहरु समेत छन । बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानी पुल पनि पर्यटकको आकर्षणको केन्द्र हो ।


चितवन

जंगल सफारी, थारु संस्कृति अवलोकनका लागि चितवन निकै प्रख्यात छ । आकर्षणको केन्द्र चितवन राष्ट्रिय निकुञ्ज रहेको यो ठाउँमा खासगरी वाइल्ड लाइफमा रुचि हुनेहरु जाने गर्छन् । जंगल सफारीमा गैंडा र अन्य जनावर हेर्न सकिन्छ । चितवनमा सौराहा र मेघौली पनि घुम्न लायकका ठाउँ हुन् । मेघौलीमा सूर्योदयको दृश्य हेर्न र शान्त वातावरणमा होमस्टेको मज्जा लिन सकिन्छ ।

रारा
घुमफिर रुचाउने जोकोही नेपालीको चाहना हुन्छ, देशकै सबैभन्दा ठूलो ताल रारा पुग्ने । समुद्री सतहबाट दुई हजार ९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेरेको अद्भूत देखिन्छ । रारा तालको पूरै आकृति हेर्न मुर्मा टप उपयुक्त ठाउँ हो, जुन करिब ४ हजार मिटरको उँचाइमा छ । विदेशी पर्यटकको आगमन बढ्न नसके पनि रारामा आन्तरिक पर्यटक उल्लेख्य मात्रामा पुग्ने गर्छन ।
नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापछि मुगुको ताल्चा विमानस्थल पुगिन्छ । ताल्चाबाट तीन घण्टाको पैदल दूरीमा रारा ताल पुगिन्छ । यस्तै, सुर्खेतबाट जाँदा दुई दिनको बसयात्रापछि मुगुको गमगढी र त्यहाँबाट तीन घण्टाको पैदलपछि राराको भूमि टेकिन्छ ।

खप्तड
प्राकृतिक सुन्दरताको अनुपम उपहार हो खप्तड । डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलमा रहेको खप्तड क्षेत्रलाई सुदूरपश्चिमकै भूस्वर्ग पनि भनिन्छ । हिउँदमा हिउँले सेताम्मे हुने यो ठाउँ यतिबेला हरियालीले छपक्क हुन्छ । बैशाखदेखि असारसम्म यहाँका फाँटहरु रंगीचंगी फूलहरुले ढाकिन्छ । खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरुमा फुल्ने फूलहरु हुन् । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु छन् । ठूला९साना गरी २२ वटा फाँट पनि यहाँको आकर्षण हो ।

प्रसिद्ध सहर बुटवलमा घुम्नैपर्ने स्थानहरु :

बुटवलको आकर्षणमा डुब्ने योजना बनाउनेहरुका लागि बुटवल प्रमूख रोजाइ बन्न सक्छ । तसर्थ यसपटकको नयाँ वर्षमा घुमफिर गर्ने र रमणीय स्थानमा आनन्द लिन चाहनेहरुका लागि बुटवल र यस आसपासमा थुप्रै स्थानहरु उपयुक्त हुन सक्छन् बुटवलमा बुद्ध चोक ्र शान्त स्क्वायर, मणिमुकुण्ड पार्क ्र शान्त ओएसिस, बुटवल चिडियाखाना ्र वन्यजन्तु हेवन, सिद्धार्थ रंगशाला ्र खेलकुद हब बनबाटिका पार्क ्र हरियो रिट्रीट, सिद्धार्थ दरबार ्र ऐतिहासिक ल्यान्डमार्क शंकर नगर दरबार ्र वास्तुकला रत्न, बुटवल हिल पार्क ्र दर्शनीय दृश्य बेलबास ्र मनमोहक गाउँ ,लुम्बिनी गार्डेन ्र वनस्पति स्वर्ग, तिलोत्तमा पुरातात्विक स्थल ्र प्राचीन आश्चर्यहरू नवलपरासी पुतली उद्यान ्र फ्लटरिङ हेवन गढी माई मन्दिर ्र आध्यात्मिक अभयारण्य देवीनगर डाँडा ्र रमणीय पहाड रानी महल ्र रोयल स्प्लेंडर लगाएतका क्षेत्र प्रमूख मानिन्छन् । यसबाहेक बुटवल बजारमा शंकर नगर दरबार,मणिमुकुण्ड पार्क पनि छुटाउनै नहुने ठाउँहरु हुन । यसँगै बुटवल बजार देखि नजिकै सिद्धबाबा मन्दिर
देवीनगर डाँडा पनि पुग्नै पर्ने स्थान हुन ।
रानीमहल दरबार
पाल्पा र स्याङजा जिल्लाको सीमामा रहेको कालीगण्डकी किनारको रानी महल अहिले पाल्पा जिल्लाको लागि पर्यटनको गन्तब्य बनेको छ । तानसेनबाट भुसलडाँडा, बराङ्दी हुदै पैदल तीन घण्टा र मोटरबाट एक घण्टामा पुग्न सकिने रानी दरबार प्रेम दिवसको अवसरमा नेपालका धेरै जिल्लाका युवायुवतीहरू आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पु¥याउन सकियोस् भन्ने उद्देश्यले रानी महललाई साक्षी राख्न पुग्ने गर्दछन् । रानी दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विस्वास गर्दछन् ।

रानी महल वि।सं।१९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको थियो । रानी महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । रानी महल कालीगण्डकी नदीको विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा निर्माण भएको छ । रानी महल दरबारको बायाँतर्फ शीतलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी र दाहिनेतर्फ पहरा दिने स्थल पनि छ ।

दरबार परिसरमा बायाँतर्फ शिव र गङ्गाका दुई मन्दिर छन् । महलको पूर्वतिर खडग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र बीचको तलामा अरू कोठाहरू रहेका छन् । रानी महल वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखिन्छ । दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र ईटाबाट बनाइएका सिढी कालीगण्डकी नदी किनारमा जोडिएको छ ।

रानी महलको चारतले भवन ५६ फिट चौडाई र ११२ फिट उचाइँ रहेको छ । महल वरपर हराभरा वनको वातावरणले रानी महल पुग्ने पर्यटकहरूको मनमा साँच्चिकै आनन्द दिन्छ । रानी महल निर्माण गर्दा जनताले ईटा बनाउने, पर्खाल लगाउने, जंगलबाट काठ ओसार्ने र ढुङ्गा काट्ने अर्थात् कुद्ने काम श्रमदानबाट गरेका थिए । चुन, सुर्खी, ईटाको धुलो आदि विशेष सामग्रीबाट बनाइएको ईटा र सालको काठबाट रानी महल निर्माण भएको थियो ।

नगरकोट
राजधानी काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा रहेको सहजै पुग्न सकिने ठाउँ हो नगरकोट । यो ठाउँ सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । यति मात्र होइन, नगरकोटबाट लाङटाङ हिमशृंखला र अझ सफा मौसममा त सगरमाथा समेत अवलोकन गर्न सकिन्छ ।
काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको कमलविनायक हुँदै नगरकोट पुग्न सार्वजनिक बसमा दुई घण्टा लाग्छ ।

कालिञ्चोेक
काठमाडौंबाट सवारी साधनमा सहजै जान सकिने अर्को मनमोहक ठाउँ दोलखाको कालिञ्चोक हो । प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले आन्तरिक पर्यटकले निकै रुचाउने गरेका छन् । कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ । चिसो मौसममा यस क्षेत्रमा हिउँ पर्ने भएकाले राजधानीवासी हिउँ खेल्नकै लागि समेत जाने गर्छन् ।
काठमाडौंदेखि पाँच घण्टाको बस यात्रामा दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटदेखि कुरीसम्म १७ किलोमिटर कच्ची बाटो छिचोल्न भाडाको जिप पाइन्छ । हिउँ परेको बेला भने जिपमा जान गाह्रो हुन्छ । कुरीबाट एक घण्टाको ठाडो उकालो हिँडेपछि समुद्री सतहदेखि तीन हजार ८ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोक भगवती मन्दिर पुगिन्छ ।
पोखरा
हिमाल, ताल, गुफा, छाँगा र साहसिक खेलहरु एकै स्थानमा भएको पोखरालाई पर्यटनको राजधानी नै मानिन्छ । विश्वको उत्कृष्ट पदयात्रा अन्नपूर्ण, पुनहिल, मुस्ताङ जाने प्रवेशद्वार पनि हो पोखरा ।

पोखरामा घुम्नका लागि तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, स्तुपा लगायत प्रशस्त ठाउँ छन् । यसका साथै पोखरा आसपासको ठाउँले पनि लोभ्याउँछन ।

हिमाल राम्ररी हेर्ने हो भने अलि डाँडातिर उक्लनुपर्ने हुन्छ । अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला हेर्न सराङकोट उपयुक्त ठाउँ हो । पोखराबाट एक घण्टामै पुग्न सकिने धम्पुसबाट पनि आँखै अगाडि माछापुच्छ्रे नियाल्न सकिन्छ । धम्पुस आफैंमा आकर्षक पर्यटकीय स्थल हुँदै हो ।
पदयात्रा गर्न अधिकांश पर्यटकले रुचाउने म्याग्दीको पुनहिलको यात्रा पनि तपाईंको लागि रोमाञ्चक हुन सक्छ । पोखराबाट पुनहिलको पदयात्रा गरेर पाँचौं दिनमा पोखरा फर्किन सकिन्छ । पहिलो दिन तिखेढुंगा, दोस्रो दिन घोरेपानी, तेस्रो दिन घोरपानीबाट सूर्योदयको दृश्य हेर्न पुनहिल टावर गएर पुनः घोरेपानी, टाडापानी, घान्द्रुक हुँदै पाँचौं दिन पोखरा पुगिन्छ । पुनहिलबाट विश्वको सातौं अग्लो धौलागिरी हिमालको मनमोहक दृश्य हेर्न सकिन्छ ।
पुनहिल पदयात्रालाई लम्ब्याउँदै अन्नपूर्ण बेसक्याम्पसम्म पनि जान सकिने भएकाले यो क्षेत्रको पदयात्रा पर्यटकमाझ निकै प्रिय छ ।

मुस्ताङ
आन्तरिक पर्यटकहरुले जीवनमा एकचोटि घुम्नैपर्ने ठाउँको सूचीमा मुस्ताङको नाम छुटाउँदैनन । ट्राभल गाइडबुकमा विश्वकै ख्यातिप्राप्त ‘लोन्ली प्लानेट’ ले पनि मुस्ताङलाई उत्कृष्ट गन्तव्यमा राखेको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथका रहेको यो ठाउँ प्राकृतिक सुन्दरताको खानी मानिन्छ ।
यातायात सुविधा सहज भएपछि पछिल्लो समय मुस्ताङमा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको छ । जोमसोमदेखि माथिल्लो मुस्ताङसम्मै यातायात सुविधा उपलब्ध छ । यो मौसममा खासगरी माथिल्लो मुस्ताङ घुम्न लायक ठाउँ हो । जोमसोमबाट एक दिनको जिप यात्रामा पुग्न सकिने (हिँड्दा तीन दिन) उपल्लो मुस्ताङमा यहाँको फरक जीवनशैलीले लोभ्याउँछ । देशमा गणतन्त्र आइसक्दा पनि मुस्ताङी राजाको ठाँट र सम्मान नमूनाकै रुपमा रहेको छ । मुस्ताङ क्षेत्रमा कागबेनी, नौतले गुफा, थकाली संस्कृति, मनमोहक प्राकृतिक दृश्य र कोरला नाका प्रख्यात छन ।

प्रतिक्रिया