

मुख्यमन्त्री चौधरीलाई कांग्रेसले बुझायो ज्ञापनपत्र



दाङ । लुम्बिनी कांग्रेसले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई जनताका समस्यामा ध्यान दिएर काम गर्न सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको बेला स्थानीयले लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकारबाट विकासको अपेक्षा धेरै गरेकोले क्रमागत बजेट सुनिश्चितता गर्न माग गरिएको छ ।
लुम्बिनीमा खटिएका कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला नेतृत्वमा लुम्बिनी कांग्रेस उपसभापति भुवन श्रेष्ठ, महामन्त्री विक्रम खनाल लगायतको टोलीले ज्ञापनपत्र बुझाउँदै प्रदेश निजामती नियमावली र स्थानीय सरकार अन्तरगत स्थानीय सेवा तत्काल ल्याउन, सडक, खानेपानी, सिँचाइ, रोजगारी, स्थानीय शिक्षा र सुशासनको व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै रोजगारी खोज्दै युवाहरू धेरै विदेशिएकाले उद्यमशील विकास, रोजगारीमुलक तालिम, निर्ब्याजी ऋण र उत्पादनको सामाग्रीको बजार व्यवस्थापन, प्युठान, अर्घाखाँची लगायतका जिल्लामा सञ्चालित एक घर, एक घर खानेपानी योजनामा काम भएको रकम भुक्तानी, सिँचाइको व्यवस्था गर्नुपर्ने, जंगली जनावर नियन्त्रण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका पोखराथोकस्थित शिवशक्ति शीतभण्डारमा कुहिएका सुन्तलाको क्षतिपूर्ति, पहाडी जिल्लाका जीर्ण क्याम्पस भवनको मर्मत र प्रध्यापकलाई तलब व्यवस्था गर्न तथा लुम्बिनीमा सञ्चालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिन भनिएको छ । पाल्पाको रानीमहल, भगवती मन्दिर लगायतको संरक्षण गरि प्रचारप्रसार र गुल्मीको मुसिकोटमा निर्माणाधीन पुल बारम्बार भत्किएको, खोलाले बगाएकाले मर्मतको सुनिश्चितता गर्न भनिएको छ ।
त्यस्तै साना तथा मझौला उद्योगीहरूलाई प्रोत्साहन गरी बिना झन्झट व्यापार, व्यवसाय गर्ने वातावरण र रूकुमपूर्वमा द्वन्द्वकालमा लुटिएका सामाग्री फिर्ता गराउन, बैंकबाट लुटिएका सामानको क्षतिपूर्ति गर्न भनिएको छ ।
कांग्रेस नेतृ संग्रौलाको नेतृत्वमा लुम्बिनीका कपिलवस्तु, गुल्मी, रूकुमपूर्व, बर्दिया, प्युठान र नवलपरासी जिल्लामा समुदायसँग पुगेर सुझाव लिइएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री चौधरीले प्रदेश सरकार दिइएको सुझाव अनुसार अगाडि बढेको र जनताको पक्षमा काम भैरहेको बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया