

मुख्यमन्त्री चौधरीलाई कांग्रेसले बुझायो ज्ञापनपत्र



दाङ । लुम्बिनी कांग्रेसले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई जनताका समस्यामा ध्यान दिएर काम गर्न सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको बेला स्थानीयले लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकारबाट विकासको अपेक्षा धेरै गरेकोले क्रमागत बजेट सुनिश्चितता गर्न माग गरिएको छ ।
लुम्बिनीमा खटिएका कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला नेतृत्वमा लुम्बिनी कांग्रेस उपसभापति भुवन श्रेष्ठ, महामन्त्री विक्रम खनाल लगायतको टोलीले ज्ञापनपत्र बुझाउँदै प्रदेश निजामती नियमावली र स्थानीय सरकार अन्तरगत स्थानीय सेवा तत्काल ल्याउन, सडक, खानेपानी, सिँचाइ, रोजगारी, स्थानीय शिक्षा र सुशासनको व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै रोजगारी खोज्दै युवाहरू धेरै विदेशिएकाले उद्यमशील विकास, रोजगारीमुलक तालिम, निर्ब्याजी ऋण र उत्पादनको सामाग्रीको बजार व्यवस्थापन, प्युठान, अर्घाखाँची लगायतका जिल्लामा सञ्चालित एक घर, एक घर खानेपानी योजनामा काम भएको रकम भुक्तानी, सिँचाइको व्यवस्था गर्नुपर्ने, जंगली जनावर नियन्त्रण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका पोखराथोकस्थित शिवशक्ति शीतभण्डारमा कुहिएका सुन्तलाको क्षतिपूर्ति, पहाडी जिल्लाका जीर्ण क्याम्पस भवनको मर्मत र प्रध्यापकलाई तलब व्यवस्था गर्न तथा लुम्बिनीमा सञ्चालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिन भनिएको छ । पाल्पाको रानीमहल, भगवती मन्दिर लगायतको संरक्षण गरि प्रचारप्रसार र गुल्मीको मुसिकोटमा निर्माणाधीन पुल बारम्बार भत्किएको, खोलाले बगाएकाले मर्मतको सुनिश्चितता गर्न भनिएको छ ।
त्यस्तै साना तथा मझौला उद्योगीहरूलाई प्रोत्साहन गरी बिना झन्झट व्यापार, व्यवसाय गर्ने वातावरण र रूकुमपूर्वमा द्वन्द्वकालमा लुटिएका सामाग्री फिर्ता गराउन, बैंकबाट लुटिएका सामानको क्षतिपूर्ति गर्न भनिएको छ ।
कांग्रेस नेतृ संग्रौलाको नेतृत्वमा लुम्बिनीका कपिलवस्तु, गुल्मी, रूकुमपूर्व, बर्दिया, प्युठान र नवलपरासी जिल्लामा समुदायसँग पुगेर सुझाव लिइएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री चौधरीले प्रदेश सरकार दिइएको सुझाव अनुसार अगाडि बढेको र जनताको पक्षमा काम भैरहेको बताए ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया