

अत्यधिक गर्मी बढ्दै गएपछी बुटवलका विद्यालय बन्द



बुटवल : अत्यधिक गर्मी बढ्दै गएपछी बुटवलका विद्यालय २ दिन विदा हुने भएका छन् ।
बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गरी गत केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने सम्भावना देखिएकाले बैशाख २० र २१ गते विद्यालयलाई विदा दिइएको जनाएको छ ।
‘गत केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने सम्भावना देखिएको हुँदा विद्यालयहरुले गर्न पाउने वार्षिक विदाबाट कट्टी हुने गरी मिति २०८१ साल वैसाख २० र २१ गते जम्मा २ दिन विद्यालय विदा गर्नुहुन यस कार्यलयको मिति २०८१।१।१८ को निर्णय अनुसार निर्देशन गरिएको व्यहोरा अनुरोध छ ।’- सूचनामा भनिएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया