

विजयनगरका दुई गाउँमा आगलागी, ५० बढि घरगोठ नष्ट


कपिलवस्तु | कपिलवस्तुको विजयनगरका दुई वटा गाउँमा बुधवार आगलागी भएको छ । विजनगर गाउँपालिका वडा ५ को डालपुर र नौरगिया गाउँमा दिउसो २ बजेबाट आगलागी भएको हाे ।
आगलागीका कारण २८ वटा घर,२५ वटा गोठ र ३ वटा भन्साघर जलेको वडा अध्यक्ष अनवर मुसलमानले बताउनुभयो । चार घण्टा पश्चात दमकल प्रहरी र स्थानीयहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
हावाहुरीका कारण खेतबारी बाट गाउँमा आगो सल्किएको हुनसक्ने ईलाका प्रहरी कार्यालय गणेशपुरले अनुमान गरेको छ । आगलागीको विस्तृत जानकारीको लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिवराज,महाराजगंज र कृष्णनगरको दमकलले आगो निभाइएको स्थानीयहले बताएका छन् ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया