

वीर गणेशमानसिंह टी-२० प्रतियोगिताको उपाधी लुम्बिनी प्रदेशले जित्यो



काठमाडौं। लुम्बिनी प्रदेशले पहिलो संस्करणको वीर गणेशमानसिंह टी२० प्रतियोगिता फाइनलमा कर्णाली प्रदेशलाई ३१ रनले हराउँदै उपाधि जितेको छ ।
सोमबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा ११७ रनको लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमा अल आउट भयो ।
कर्णालीका विपिन शाहीले १८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए । विपिन रावलले ३१ बलमा १ चौकासहित २३ र दीपेन्द्र रावतले १२ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् ।
लुम्बिनीका स्पिनर अभिषेक गौतमले ३.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । नर सार्कीले २ ओभरमा ७ रन खर्चेर २, देव खनाल र मिर्नल गुरुङले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । लुम्बिनीका मिर्नल गुरुङले ३० बलमा ३ चौकासहित २७, देव खनाल, आकाश त्रिपाठी र सुनिल भण्डारीले ८–८ रन बनाए ।
विराट भण्डारी २३ बलमा २ चौकासहित २६ र कृष्ण कार्कीले २२ रन बनाए । कर्णाली प्रदेशका युनिस ठकुरीले ४ ओभरमा १७ रन खर्चेर ३, दीवान पुन र दीनेश अधिकारीले २–२ विकेट लिए ।
७ प्रदेश सहभागी प्रतियोगिता राउण्ड रोविनको आधारमा भएको थियो । लुम्बिनी शीर्ष र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए । समान ८ अंक भए पनि बागमती र मधेश नेटरनरेटको कारण तेस्रो र चौथो स्थानमा रहेर बाहिरिएका थिए ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया