
गृहमन्त्रीमाथि सहकारी ठगीमा छानवीनको मागबारे सभामुख र चार दल बीच छलफल हुंदै

काठमाडौं : सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने नेपाली कांग्रेसको अल्टिमेटमका बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई वैठकमा बोलाएका छन्।
छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। छलफल बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाइएको छ। घिमिरेले आइतबार नै चारै नेतालाई टेलिफोन गरेर छलफलको समय निर्धारण गरेका हुन्।
गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो।
प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते मंगलबार बोलाइएको छ। सत्तारुढ दलले कांग्रेसको माग अनुसार समिति गठन नहुने बताउँदै आएका छन्। यसैगरी सभामुख घिमिरेले आजै दलहरुका प्रमुख सचेतकसँग पनि छलफल गर्ने अधिकारीले जनाएका छन्।
सरकारले यही साता हिउँदे अधिवेशन अन्त्य गर्नै तयारी गरेको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया