

आगामी जेठ १६ देखि एमालेको रुपन्देही अधिवेशन हुने



बुटवल । नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीको अधिवेशन जेठ १६ र १७ गते हुने भएको छ । प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष लगायतका नेताहरुको उपस्थितिमा बिहीबार बुटवलमा बसेको जिल्ला कमिटीको दशौं पूर्ण वैठकले अधिवेशनको मिति तोको हो ।
बैठकले चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने निर्णय पनि गरेको उपसचिव हितराज पन्थीले जानकारी दिए । सदस्यता नवीकरण नगर्नेले उम्मेदवार हुन र प्रतिनिधि हुन नपाउने पन्थीले बताए ।
रुपन्देहीमा एमालेका १६ हजार ८८ जना पार्टी सदस्य छन् । यो संख्याबाट करिब ८ सय हाराहारी प्रतिनिधि चयन भई अधिवेशनमा सहभागी हुनेछन् ।
जेठ पहिलो हप्ता प्रतिनिधि छनोट भइसक्नेछन् । अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति तथा पदाधिकारीहरुको संयोजकत्वमा अन्य विभिन्न उपसमतिहरु गठन भएका छन् ।
यस्तै जिल्ला सचिवको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी गठन भएको छ । जसमा २ जना उपसचिव, ५ जना क्षेत्रीय संयोजक गरी ८ जना रहने छन् ।
अधिवेशनमा नेतृत्व चयनमा सहमतिको अधिकतम प्रयास हुने तर हुन नसके नलम्ब्याई तरुन्त निर्वाचनमा जानुपर्नेमा नेताहरुबीच समझदारी बनेको एक जिल्ला पदाधिकारीले बताए । रुपन्देहीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट छ ।
अधिवेशनमा सहमतिबाट नेतृत्व चयनको सम्भावना कमजोर रहेकाले दुई पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया