

९५ रोपनीमा लगाइएको अफिमखेती फँडानी


रुकुमपश्चिम । रुकुम पश्चिमका विभिन्न ठाउँमा लगाइएको लागूऔषध अफिमखेती फँडानी गरिएको छ ।
आठबीसकोट र मुसिकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँमा ९५ रोपनी जग्गामा लगाइएको अफिमखेती फँडानी तथा नष्ट गरिएको हो । आठबीसकोट–१ स्याला र २ को कालजुरा भन्ने ठाउँमा ६० रोपनीमा लगाइएको अफिमखेती फँडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार सानीभेरी–३ का तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसिकोट–८ घोरखानीमा एक रोपनी र आठबीसकोट–३ दाङ भन्ने स्थानमा पाँच रोपनी गरेर जम्मा ९५ रोपनी जग्गामा लगाइएको अफिमखेती नष्ट गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।
पाँच दिनको अवधिमा ९५ रोपनी जग्गामा लगाइएको अवैध लागूऔषध अफिमखेती नष्ट गरिएको हो । ग्रामीण बस्ती तथा जङ्गलको बीचमा अफिमखेती बढी लगाउने गरेको पाइएको छ । अवैध मानिएको अफिमखेती लुकीछिपी लगाउने गरिएको छ । सूचना प्राप्त गरेसम्म जिल्लामा हरेक वर्ष अफिमखेती नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया