
बाँकेबाट बाघको छालासहित एक जना पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाकेले नेपालगञ्जको रोयल महाबु होटेलबाट दुलर्भ पाटेबाघको छालासहित एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत बराहाताल गाउपालिका-२ का २८ वर्षीय चन्द्र कहादुर कार्की रहेका छन्।
हरियो कालो रंगको झोलामा लुकाइ छिपाइ ल्याएर होटेलको कोठा नं १०१ मा राखेको अवस्थामा प्रहरी टोलीले छालासहित अभियुक्त कार्कीलाई पक्राउ गरेको बाँकेको डिएसपी नारायण डागीले बताए ।
डिएसपी डागीका अनुसार बरामद भएको बाघको छाला ५ फिट ९ इन्च लामो र ३ फिट २ इन्च चौडा रहेको छ । अभियुक्तले सुर्खेतबाट बाघको छाला ल्याएर आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बरामद भएको बाघको छाला र अभियुक्त कार्कीलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया