

बाँकेबाट बाघको छालासहित एक जना पक्राउ



नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाकेले नेपालगञ्जको रोयल महाबु होटेलबाट दुलर्भ पाटेबाघको छालासहित एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत बराहाताल गाउपालिका-२ का २८ वर्षीय चन्द्र कहादुर कार्की रहेका छन्।
हरियो कालो रंगको झोलामा लुकाइ छिपाइ ल्याएर होटेलको कोठा नं १०१ मा राखेको अवस्थामा प्रहरी टोलीले छालासहित अभियुक्त कार्कीलाई पक्राउ गरेको बाँकेको डिएसपी नारायण डागीले बताए ।
डिएसपी डागीका अनुसार बरामद भएको बाघको छाला ५ फिट ९ इन्च लामो र ३ फिट २ इन्च चौडा रहेको छ । अभियुक्तले सुर्खेतबाट बाघको छाला ल्याएर आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बरामद भएको बाघको छाला र अभियुक्त कार्कीलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया