

देशैभरीको तापक्रम बढ्दै गयो



देशभर तापक्रम बढ्न थालेको छ । तराईका केही ठाउँमा गर्मीले जनजीवन नै प्रभावित हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो भैरहवाको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । यस्तै, जनकपुरमा पनि तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । धनगढी, विराटनगर, वीरगञ्ज लगायतका सहरको तापक्रम ३२ डिग्री हाराहारी पुगेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यकामा पनि आज अधिकतम तापक्रम २७ देखि २९ डिग्रीसम्म पुग्ने अनुमान छ । काठमाण्डौको न्यूनतम तापक्रम बढेर ९ डिग्री सेल्सियसमा पुगेको छ । अब पानी परे पनि सबैतिरको तापक्रम बढ्दै जाने मौसमविद् अधिकारीको भनाइ छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया