

मौसम आंशिक रुपमा बदली, बिहीबार हल्का वर्षाको सम्भावना



पहाडी भू-भागमा आज पनि मौसम आंशिक रुपमा बदली भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम आंशिक रुपमा बदली भएको हो । जसकारण पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहीबार भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हिमपातसहित छिटपुटदेखि हल्का वर्षाको पनि सम्भावना रहेको छ । हिमपातको सम्भावना शुक्रबारसम्मै छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया