

गुलावको दुःख





गुलावको दुःख
उसकै बोटमा छ,
ऊ काँडाहरु संग फुल्नुपर्छ !
टिपिएपछि
मानिसको हातमा पुग्नुपर्छ
र
हात-हात हुनुपर्छ,
गुलाबको दुःख मानिसको हातमा छ !
केही समझदारी भनिएलान्
केही सहमति कबोलिएलान्
अलिकति वासनाको मेल होला
अलिकती पैसाको खेल पनि चल्ला,
शरीरहरुको सट्टापट्टामा
बडो नमज्जा संग
च्याँपिन्छ गुलाब
गुलाबी बिस्तरामा,
गुलाबको दुःख बन्द कोठा भित्र छ !
अन्त्यमा फ्याँकिन्छ गुलाब
डस्टबिनको टोकरीमा
र
सकिन्छ गुलाबको दुःख !
यसरी पाउँछ गुलाबले मुक्ति !
…..
पख्नोस्,
अझै बाँकि छ गुलाबको दुःख !
डस्टविनको अर्को कुनामा
भर्खरै मात्र प्रयोग भएको कण्डम छ !
ऊ बोल्छ-
तेरो र मेरो
यहाँ सम्मको कहानी एउटै हो गुलाब !
फरक यत्ति हो-
मैले बरु केही रोक्न/छेक्न सक्छु,
तैंले त त्यो पनि सक्दैनस् !!
……
गुलाबको दुःख गुलाब हुनुमै छ !!!
हेमन्त गिरी


खबर सबै
-
बस्ती हटाउन खोजे प्रतिवाद गर्ने रुपन्देहीका भूमिहीनहरूको चेतावनी
-
हतियारसहितको भिडियो पोस्ट गर्ने दुई पक्राउ
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो











प्रतिक्रिया