

हिमपातले अवरुद्ध रिकाधुरी क्युबाङ तकसेरा सडक खण्ड सुचारु


रुकुमपूर्व : रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले शहिद मार्ग अन्तर्गत रिकाधुरी क्युबाङ तकसेरा खण्डमा हिमपातले अवरुद्ध सडक सुचारु गरेको छ ।
प्रतिकुल मौसमका कारण देशका विभिन्न ठाउँहरुमा हिमपात भई जनजीवन प्रभावित तथा यातायात सेवासमेत बन्द भइरहेको अवस्थामा सहिद मार्गको रिकाधुरी–क्युबाङ–तकसेरा क्षेत्रमा जमेको हिमपात गाउँपालिकाले हटाई यातायात सुचारु गराएको हो ।
शुक्रबार दिउँसोदेखि गाउँपालिका उपाध्यक्षको नेतृत्वमा खटिएको टोलीलाई सडक सुचारु गर्न करिव ७ घण्टा लागेको थियो ।
सडक सुचारु गर्न गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरी, नेपाल पत्रकार महासंघ रुकुम पूर्व अध्यक्ष मैत्या घर्ती लगायत गाउँपालिकाका कर्मचारी सडक सुचारु गर्न खटिएका थिए ।
हिमपातकै कारण विहीबारदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको र समस्या हल गर्न सम्बन्धित निकायमा सहकार्य भइरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताइन् ।


खबर सबै
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व






प्रतिक्रिया