
रवि लामिछाने कपिलवस्तु आउने, रास्वपाकाे के छ कार्यक्रम ?

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माघ १९ गते कपिलवस्तु आउने भएका छन् । देशब्यापी भ्रमणमा रहेका पार्टी सभापति लामिछाने बाणगंगा नगरपालिकामा हुने आम सभालाई सम्बोधन गर्न कपिलवस्तु जाने भएका हुन् ।
रवि आउने भएपछि बुद्ध रंगशालामा खुला कार्यक्रमको तयारी भइरहेको एक नेताले जानकारी दिए । सभापति लामिछानेसंगै सांसद सुमना श्रेष्ठ लगायत पनि कार्यक्रममा सहभागि हुने जनाइएको छ ।
लामिछाने यसअघि कपिलवस्तु आउने कार्यक्रम भए पनि अन्तिममा स्थगित भएको थियो । त्यस्तो अपर्झट केहि काम नपरेको खण्डमा रविको लागि १९ गतेको कार्यक्रम तय भइसकेको ती नेताले जानकारी दिए ।
मुलुकको वर्तमान स्थिति, पार्टीको गतिविधि र आफूबारे उठेका प्रश्नबारे लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा नगर कमिटीको सार्वजनीकिरण कार्यक्रम पनि राखिएको बताइएको छ । सभापति लामिछाने आउने कार्यक्रमलाई सफल बनाउने गरी लाग्न नेता कार्यकर्तालाई रास्वपा जिल्ला कमिटिले आग्रह गरेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया