

कस्तो रहनेछ आजको मौसम ?


काठमाडौँ : हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


खबर सबै
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने






प्रतिक्रिया