
लगातार ७ दिनसम्म बढेको शेयर बजार आज दोहोरो अङ्कले घट्यो

काठमाण्डाै : लगातार सात दिनसम्म बढेको शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव १० विन्दुमा झरेको छ ।
आज व्यापार र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । समग्रमा बजार घटे पनि १० वटा कम्पनीको शेयर भने बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको शेयर झन्डै आठ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ ।
बजारसँगै आज कारोबार रकममा पनि कमी आएको छ । हिजो बुधवार सात अर्ब रुपैयाँको कारोबार भएकोमा आज एक करोड ७१ लाख कित्ता शेयर छ अर्ब २७ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया