

लगातार ७ दिनसम्म बढेको शेयर बजार आज दोहोरो अङ्कले घट्यो



काठमाण्डाै : लगातार सात दिनसम्म बढेको शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव १० विन्दुमा झरेको छ ।
आज व्यापार र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । समग्रमा बजार घटे पनि १० वटा कम्पनीको शेयर भने बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको शेयर झन्डै आठ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ ।
बजारसँगै आज कारोबार रकममा पनि कमी आएको छ । हिजो बुधवार सात अर्ब रुपैयाँको कारोबार भएकोमा आज एक करोड ७१ लाख कित्ता शेयर छ अर्ब २७ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया